गान्तोक: राज्यमा दिन प्रतिदिन ड्रग्सको धन्दामा वृद्धि भइरहेको छ। सिक्किम पुलिसले ड्रग्समुक्त सिक्किम बनाउने दिशामा केही महिनादेखि अभियान शुरू गरेको छ। यसै क्रममा हिजो नयाँ बजार पुलिसले ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी बैगुने निवासी किशोर सुब्बाकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीलाई शंकाको आधारमा पुलिसले जाँच गर्दा ब्राउन सुगर फेला परेपछि हिरासतमा लिएको छ। पुलिसले आरोपीबाट ४६ पाउच ब्राउन सुगर फेलापारेपछि हिरासतमा लिएको हो। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ र एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।









