ब्राउन सुगर र याबा टेबलेटसहित एकजना पक्राउ

IMG-20240531-WA0216.jpg

कोचबिहार: गोप्य स्रोतबाट सूचना पाएपछि, पुलिसले २१ ग्राम याबा ट्याब्लेट र ९१९ ग्राम ब्राउन सुगर बरामद गरेको घटना माथाभाङ्गा ब्लक २ को छेउमा रहेको निशिगञ्जको चटकी बारी क्षेत्रमा भएको हो। बिहीबार राति करिब १० बजे कोचबिहारको माथाभांगा राज्य राजमार्गको चित्कीबारी क्षेत्रमा निशिगञ्ज थानका पुलिसले गोप्य स्रोतबाट सूचना पाएर १२ पाङ्ग्रे ट्रकको खोजी गरेको बताइएको छ। त्यसपछि ट्रक चालकलाई नियन्त्रणमा लिएर ट्रक र बरामद ब्राउन सुगर र याबा ट्याब्लेट निशिगञ्ज पोस्टमा लगिएको थियो। यस सम्बन्धमा माथाभाङ्गा पुलिस थानामा आज पत्रकार सम्मेलन गरी माथाभाङ्गाका अतिरिक्त पुलिस उपरीक्षक सन्दीप गराईले जानकारी दिए। गोप्य स्रोतबाट गएराति सुचना पाएपछि निशिगञ्ज थानाले चित्कीबारी क्षेत्रमा १२ पाङ्ग्रे ट्रकलाई रोकेर खोजी गर्दा ९१९ ग्राम ब्राउन सुगर र २१ ग्राम याबा ट्याब्लेट बरामद गरेको उनले बताए। त्यसपछि उक्त ट्रकका चालकलाई पनि पक्राउ गरिएको थियो। ट्रक मेघालयबाट मुर्शिदाबाद जाँदै गरेको प्रारम्भिक अनुमान छ। बरामद ब्राउन सुगर र याबा ट्याब्लेटको अनुमानित बजार मूल्य रु ४० देखि ५० लाख रहेको छ। पक्राउ परेका ट्रक चालकलाई अदालतमा पेश गरिएको छ।

About Author

Advertisement