ब्राउन सुगर र प्रतिबन्धित कफ सिरप सहित २ जना पक्राउ

IMG-20230911-WA0238.jpg

सिलगढी: प्रधान नगर थाना पुलिसले ब्राउन सुगर र प्रतिबन्धित कफ सिरप सहित २ जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा हमीरुल शेख (२४) र अविराज कुमार सिंह (२०) सामेल छन्। तीमध्ये हमीरुल मुर्शिदाबाद र अविराज सिलगढीको चम्पासरी इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार हिजो दुईजना युवक डागपुर चियाकमान इलाकामा श्रमिक बनेर मादक पदार्थ बिक्री गर्न पुगेको प्रधाननगर थाना पुलिसले सुइँको पाएपछि यस इलाकामा अभियान चलाएर दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ।

पुलिसले दुईजना युवकबाट प्रतिबन्धित ४८ बोतल कफ सिरफ र ५३ ग्राम ब्राउन सुगर उद्धार गरेको छ।

About Author

Advertisement