११ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार असाधारण जीतको साथ ब्राइट स्पोर्टिंग क्लबले फाइनलमा स्थान बनायो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको पहिलो सेमिफाइनल म्याचमा ब्राइट स्पोर्टिंग क्लबले मनजीत फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दावा लामा, राणा रोय र अलोक रोयले गोल गरे। अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा आयोजक सालुगढ़ा नेत्र बिन्दु संघ र परिमलनगर स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ।











