बोर्डर-गावस्कर टेस्ट सीरीजको टिकट बिक्रीमा रेकर्ड बढ़ोत्तरी

IMG-20240706-WA0122

मेलबर्न: क्रिकेट अष्ट्रेलिया (सीए)-ले आउँदो बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको निम्ति टिकटहरूको बिक्रीमा रेकर्डतोड़ बड़ोत्तरीको घोषणा गरेको छ। सीए-का एकजना अधिकारीले बताएअनुसार, भारत र अष्ट्रेलियाबीच कड़ा प्रतिद्वन्द्वितालाई लिएर उत्साहले गर्दा गत सीजनको तुलनामा भारतमा प्रशंसकहरूद्वारा खरीद गरिएको टिकटहरूको संख्यामा रेकर्ड ६ गुणा बढ़ोत्तरी भएको छ। यसमा बक्सिंग डे टेस्ट म्याचलाई लिएर धेर उत्सुकता छ। साल २०१८-१९-को तुलनामा भारतीय प्रशंसकहरूले टिकटहरूका निम्ति १० गुणा अधिक मूल्य दिइरहेका छन्। क्रिकेट अष्ट्रेलियाका इभेण्ट र अपरेशन्सका महाप्रबन्धक जोएल मरिसनले भने, बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको निम्ति यति धेर भारतीय प्रशंसकहरूले अष्ट्रेलिया यात्रा गर्ने योजना बनाएको देखेर हामी रोमाञ्चित छौं। तपाईंहरूलाई यहाँ स्वागत छ। यसमा हिस्सा लिने सबै मानिसहरूलाई एउटा सुखद र यादगार अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौं अनि यस सीरीजलाई आउँदो धेरै सालसम्म याद गरिने हामीलाई विश्वास छ।
अनुभवमा एउटा विशेष स्पर्श जोड़्दै क्रिकेट अष्ट्रेलियाले पहिलोपल्ट अष्ट्रेलियामा टेस्ट सीरीजको अवधि भारतीय फ्यान जोन शुरु गरिरहेको छ। यी विशेष रूपले डिजाइन गरिने क्षेत्रहरूको उद्देश्य भारतीय समर्थकहरूका निम्ति एउटा जीवन्त र स्वागत योग्य माहोल बनाउनु हुनेछ। यसको साथमा भारतबाट यात्रा गर्ने कर्पोरेट समूहबाट विशेषगरी बक्सिंग डे टेस्टको निम्ति आतिथ्य र प्रीमियम अनुभव प्याकेजको मजबूत माग रहेको छ। बहुप्रतीक्षित बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको पहिलो म्याच २२-देखि २६ नोभेम्बरसम्म पर्थमा खेलिनेछ। यसरी दोस्रो टेस्ट (डे-नाइट) ६-देखि १० दिसम्बरसम्म एडिलेडमा, तेस्रो टेस्ट १४-देखि १८ दिसम्बरसम्म ब्रिसबेनमा, चौथो टेस्ट (बक्सिंग डे) २६-देखि ३० दिसम्बरसम्म मेलबर्नमा अनि पाँचौं तथा अन्तिम टेस्ट ३-देखि ७ जनवरीसम्म सिडनीमा खेलिनेछ।

About Author

Advertisement