पोखरा: नेपाल जेसिजको आयोजना र जुनियर जेसिज लेखनाथको आतिथ्यतामा पोखरामा सम्पन्न जुनियर जेसिज १३ औँ राष्ट्रिय एकेडेमीमा बेलबारी जुनियर जेसिज २ वटा बिधामा उत्कृष्ट भएको छ।
यहि सेप्टेम्बर २५देखि २७सम्म पोखरामा आयोजित कार्यक्रममा बेलबारी जुनियर जेसिजलाई कार्यक्रममा ३१ जना जुनियर जेसिजहरु सहभागी गराएकोमा (हाई रजिष्ट्रेसन अवार्ड) र बक्तृत्वकला प्रतियोगितामा सहभागी बेलबारी जुनियर जेसिजका सचिब कृष्ण चौधरी द्धितिय हुन सफल भएको बेलबारी जुनियर जेसिजका अध्यक्ष सनम खतिवडा (राजा) ले जानकारी दिएका छन ।
स्थापनाको १ बर्षभित्रमा बेलबारी जुनियर जेसिजले उदियमान शाखा अवार्ड र उत्कृष्ट अध्यक्ष अवार्ड समेत प्राप्त गरिसकेको छ।










