बेलबारीमा निर्माण भएका ३ वटा संरचना प्रयोगबिहिन अबस्थामा र आधा दर्जन बढी संरचना निर्माणधिन

IMG-20241120-WA0249

बिराट चौक: बेलबारी नगरपालिकाको बिभिन्न वडामा पछिल्लो ४ बर्षको अबधिमा निर्माण सम्पन्न भएका ३ वटा भौतिक संरचना प्रयोगमा नआएको कारण प्रयोगबिहीन भएका छन्।
बेलबारी नगरपालिकाका पहिलो नगरप्रमुख ज्ञानेन्द्र सुवेदीको कार्यकालमा शुरु भएका र बर्तमान नगरप्रमुख दिलप्रसाद राईको कार्यकालमा पुरा भएका ति संरचनाहरु निर्माण सम्पन्न भएपनि प्रयोगमा आउन सकेका छैनन्। नगरपालिकाको करोडौ लगानीमा निर्माण भएका ति संरचनाहरु यतिबेला प्रयोगबिहिन अबस्थामा रहेका छन्।
बेलबारी ४ बुधबारेमा निर्माण सम्पन्न भएको बेलबारी नगर अस्पताल,बेलबारी २ मा रहेको वडा कार्यलय र बेलबारी ११ मा निर्माण सम्पन्न भएको वडा कार्यलय भवन प्रयोगबिहिन अबस्थामा रहेका छन्। बेलबारी ११ को वडा कार्यलय भवनमा आधारभुत स्वास्थ्य उपचार केन्द्र सञ्चालन भएपनि नगर अस्पताल र बेलबारी २ को वडा कार्यलय भवन प्रयोगबिहिन अबस्थामा रहेका छन्। ति भवनहरु कहिले सञ्चालनमा आउँछन भन्ने यकिन छैन। स्थानीयहरु भवनहरु जुन प्रयोजनका लागि बनेका हुन त्यहि प्रयोजनका लागि तत्काल सञ्चालन हुनुपर्ने आवाज जन स्तरबाट उठेको छ।

पछिल्ले ४ बर्षको अबधिमा ३ वटा भौतिक संरचना निर्माण सम्पन्न भएर प्रयोगबिहिन भएका छन भने बेलबारी १ मा रहेको सपिङ कम्प्लेक्स, बेलबारी २ मा रहेको रमिते भ्यूटावर बेलबारी ४ मा रहेको कोल्ड स्टोर लगायतका योजनाहरु अझै निर्माण सम्पन्न भएका छैनन्। र नयाँ भौतिक संरचनाहरुको निर्माण भने शुन्य अबस्थामा रहेका छन्।

About Author

Advertisement