बेन शेल्टनलाई चुनौती दिन फाइनलमा पुगे ब्रेण्डन नाकाशिमा

IMG-20260813-WA0049

मण्ट्रियल: अमेरिकी टेनिस खेलाड़ी ब्रेण्डन नाकाशिमाले असाधारण प्रदर्शन गर्दै क्यानाडा ओपनको सेमिफाइनलमा स्पेनका राफेल जोदारलाी ७-६ (३), ६-४-ले पराजित गरी करियरमा पहिलोपल्ट एटीपी मास्टर्स १००० टुर्नामेण्टको फाइनलमा स्थान बनाए। अमेरिकी खेलाड़ीले आफ्नो शक्तिशाली सर्विस, आक्रामक नेट प्ले र दबाउको क्षणहरूमा असाधारण धैर्य देखाउँदै जोदारको यादगार अभियानमा विराम लगाए। सेमिफाइनलको पहिलो सेटमा दुई खेलाड़ीबीच रोमाञ्चक प्रतिस्पर्धा भयो। नाकाशिमाले जोदारको शुरुवाती २ वटा सर्विसमा ६ ब्रेट पोइण्ट हासिल गरे तर उनले सर्विस ब्रेक गर्न सकेनन्। यसरी अमेरिकी खेलाड़ीले आफ्नो सर्विसलाई मजबूतीको साथ कायम राखे। स्कोर ४-४-को बराबरीमा पुगेपछि दुवै खेलाड़ीले सेट जित्ने लक्ष्य लिएर आक्रामक टेनिस खेले तर अन्तमा फसेला टाईब्रेकरमा भयो। नाकाशिमाले टाईब्रेकरमा असाधारण प्रदर्शन गर्दै ७-३-ले जीत हासिल गरी पहिलो सेट आफ्नो नाम गरे। दोस्रो सेटमा अमेरिकी खेलाड़ीले प्रभावशाली शुुरुवात गर्दै २-०-को बढ़त हासिल गरे। त्यसपछि जोदारले पनि पुनरागमन गर्ने प्रयास गर्दै धेरैपल्ट नाकाशिमालाई दबाउमा पारे। अन्तमा संयमको साथ खेल्दै नाकाशिमाले दोस्रो सेट ६-४-ले जितेर टुर्नामेण्टको फाइनलमा स्थान बनाए। यो नाकाशिमाको जारी सीजनमा शीर्ष २०-मा सामेल खेलाड़ीहरूविरुद्ध पाँचौं जीत हो। उनी आफ्नो करियरको पाँचौं टूर-लेभल फाइनलमा पुेका छन् तर यो उनको एटीपी २५० स्तरभन्दा माथिको पहिलो फाइनल हुनेछ। असाधारण लयमा रहने २५ वर्षीय नाकाशिमा एटीपीको लाइभ ऱ्याङकिंगमा २२औं स्थानमा पुगेका छन् अनि शुक्रवार जारी गरिने अपडेटेड ऱ्याङकिंगमा उनी आफ्नो करियरको सर्वश्रेष्ठ स्थानमा पुग्ने तय छ। फाइनलमा नाकाशिमाको भिड़न्त अमेरिकाकै बेन शेल्टनसँग हुनेछ। पाँचौं वरीयता प्राप्त बेन शेल्टनले अन्य एउटा सेमिफाइनलमा आफ्नै देशका लिएर्नर टिएनलाई सीधा सेटमा ६-२, ६-३-ले पराजित गरे।

About Author

Advertisement