बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगः साइ-को नेटमा दार्जीलिङ डायनामोको १० गोल

IMG-20230701-WA0264.jpg

१ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा दार्जीलिङ डायनामोले एकतर्फी जीत हासिल गऱ्यो। स्थानीय लेबोंग स्टेडियममा शनिवार खेलिएको म्याचमा दार्जीलिङ डायनामोले भारतीय खेल प्राधिकरण (साइ)-लाई १०-१-ले पिट्यो।

ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट प्रीतम सुब्बा, रौनक दर्नाल र सुजन तामाङले २-२ गोल गरे। यसबाहेक डुप्छेन तामाङ, निर्णय सुब्बा, सन्दीप र अमन राईले १-१ गोल गरे। यसरी साइ-बाट प्रयाशिष राईले १ गोल गरे।

यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement