बुद्ध गयामा १३औँ म्हाणी दुङसुर आरम्भ

कालचिनीः अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको आयोजनामा बुधबारदेखि पवित्र बौद्ध तिर्थ स्थल बुद्ध गयामा १३औँ म्हाणी दुङसुर पूजा आरम्भ भएको जानकारी सो संघको महासचिव आचार्य साङ्गे छोफेलले दिएका छन्। वर्षेनी अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको आयोजनामा सम्पन्न हुँदै आइरहेको म्हाणी दुङसुर पूजाले यसपाली १३ वर्ष टेकेको छ भने दुङसुर पूजामा सिक्किम, असम, मनिपुर, नागाल्याण्ड, दार्जीलिङ, कालेबुङ,खरसाङ,छिमेकी राष्ट्र भोटाङ लगायत डुवर्सको विभिन्न शाखाहरूबाट बौद्ध श्रद्धालुहरू सहभागी भएको आचार्य साङ्गे छोफेलले थप जनाएका छन्।
संघको अध्यक्ष तथा महागुरु ख्येन छेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोको पवित्र उपस्थितिमा शुरु भएको पवित्र म्हाणी दुङसुर पूजाले सबैको कल्याण हुने आचार्य साङ्गे छोफेलले जनाएका छन् भने आगामी ५ फरवरीको दिन उक्त म्हाणी दुङसुर पूजा समापन हुने बताइएको छ।

About Author

Advertisement