बीजेपीले हामीलाई यति बिघ्न झुक्यायो कि बीजेपीको सरकारकालमा गोर्खाले न्याय पाउँछ जस्तो लाग्दैन: अनित थापा

IMG-20230727-WA0194.jpg

कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालेबुङ जिल्ला समितिले आयोजना गरेको शहीद दिवसको कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका केन्द्रीय अध्यक्ष अनित थापाले सम्बोधन गर्दै बीजेपीले हामीलाई यति बिघ्न झुक्यायो कि बीजेपीको सरकारकालमा गोर्खाले न्याय पाउँछ जस्तो लाग्दैन भनी बताएका छन्।
उनले सम्बोधन गर्दै भने, ‘मैले कोलकाताको मञ्चबाट पनि भनेको थिए कि गोर्खाको चिन्हारीको लडाई लामो भयो। गोर्खाका शहीदहरूले देखेको सपना आज पनि पूरा भएको छैन। धेरै लामो समय भई सक्यो।
विगतको दिनमा गोर्खाल्याण्ड माग्ने तरिका ठीक होइन रहेछ भनेर हामीले नयाँ बाटो पैलायौ। आफू सक्षम हुनुपर्छ अनि हाम्रो चिन्हारी पनि पाउनु पर्छ भन्ने सोच छ।’
उनले अघि भने, आज हामीले थाहा पायौं कि शहीद बनाएर गोर्खाल्याण्ड पाईन्दैन रहेछ। हाम्रै आमाको कोख उजाड पारेर कसैको सिन्दुर पुछेर गोर्खाल्याण्ड पाईन्दैन भन्ने कुरा स्थापित भएको छ।

अनित थपाले अझ भने, बीजेपीमाथि हामीले धेरै विश्वास राखेका थियौं। २००७ पछि जति पनि शहीद भयो, ‘यो सबैको बीजेपीको कारण भएको हो। मानिसले बीजेपीमाथि विश्वास राखेर बीजेपीलाई भोट पनि दिएकै हो। हामीले मागेर मात्र हुँदैन तर दिने सरकार बीजेपी नै हो। दिने पार्टी अनि सरकार बीजेपी हो। तर उनीहरूको गोर्खा प्रतिको सोच ठीक छैन रहेछ भन्ने कुरा १५ वर्षपछि बुझ्यौँ। यसपालीको सांसदको टर्म पनि सकिनु लाग्यो तर गोर्खाको निम्ति यसपाली पनि केही छैन। दिने मान्छे नै ठीक छैन भने हामी आफुमाझ घर जलाएर आफ्नैलाई शहीद बनाएर हाम्रो चिन्हारीको लड़ाई जित्नेछैनौं। यसको निम्ति वैचारिक आन्दोलन गर्नुपर्छ। तर हाम्रो कुरा सुन्ने ठाउँ ढुङ्गा जस्तो भएको छ। हाम्रो एउटै कुराको पनि सुनवाई हुँदैन। बीजेपीकै समयमा हाम्रो धेरै शहीद बन्यो। बीजेपीले हामीलाई यति बिघ्न झुक्यायो कि बीजेपीको सरकारकालमा गोर्खाले न्याय पाउँछ जस्तो लाग्दैन।’

कालेबुङमा सम्पन्न शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए चिफ् एंव भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले गोर्खालाई न्याय दिलाउने सरकार केन्द्रमा अवश्य आउनेछ भन्दै १५ वर्षसम्म बीजेपीको सरकारले गोर्खाको सपना साकार पार्नु सकेन र बीजेपीको सरकारले गोर्खाको कुरा नै सुन्दैन साथै गोर्खालाई माया गर्ने सरकार जुन दिन केन्द्रमा आउनेछ तब गोर्खाको सपना पनि साकार हुनेछ भनी बताएका छन्।

About Author

Advertisement