बीजीपीएमका सबै सभासदसँग अनित थापाको बैठक

IMG-20260616-WA0117

हामी सबै एकसाथ छौं: अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष एंव जीटीए प्रमुख अनित थापाले आज पार्टीका सम्पूर्ण सभासदहरूसँग बैठक गरेका छन्। बैठकपछि उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बैठक सफलतापूर्वक सम्पन्न भएको र सबै सभासदहरू एकजुट रहेको बताएका छन्। उनले भने, “आज बीजीपीएमका सम्पूर्ण सभासदहरूसँग बैठक बस्यौं। बैठकको निर्णय– हामी सबै साथमा छौं, साथमै रहनेछौं।”
अनित थापाको यो सन्देशलाई पछिल्लो समय पहाडको बदलिँदो राजनीतिक गतिविधिबीच पार्टीभित्र एकता र संगठन सुदृढ रहेको सन्देशका रूपमा हेरिएको छ।’

About Author

Advertisement