बीएस पन्तले गरे चुनाउ प्रचारको शुभारम्भ

IMG-20240402-WA0262.jpg

नाम्ची: आगामी १९ अप्रेलको दिन सम्पन्न हुन गइरहेको विधानसभा अनि एकमात्र लोकसभा चुनाउको लागि राज्यका सबै पार्टीहरू आ-आफ्नो क्षेत्रमा चुनाउ प्रचार प्रसारमा लागिपरेको छ। यसै क्रममा हिज १ अप्रेलदेखि दक्षिण सिक्किमको नाम्ची जिल्ला अन्तर्गत तिमी नाम्फिङ समष्टीमा पनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उम्मेदवार तथा निवर्तमान विधायक बीएस पन्तले चुनाउ प्रचार प्रसारको शुभारम्भ गरेका छन्। तिमी नाम्फिङ समष्टी अन्तर्गत पेकुमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उम्मेदवार बीएस पन्तलाई गाउँका मानिसहरूले भव्य स्वागत जनाए। स्वागत समारोहपछि आफ्नो छोटो सम्बोधनमा एसकेएम उम्मेदवार बीएस पन्तले जति पनि सरकारी विकास र सहुलियतबाट छुटेकाहरूलाई चुनाउपछि विकास दिलाउने प्रतिबद्धता व्यक्त गर्दै गाउँको विकासको निम्ति गर्नुपर्ने कार्यहरू सबै गरिदिने गाउँले जनतालाई आश्वा दिए।

About Author

Advertisement