बिहेमा यसकारण पुग्यो पुग्यो बुलडोजर…

JCB-copy-1

बेतिया (बिहार): बिहारमा विवाहको सिजन चलिरहेको बेला जताततै फरक–फरक रीतिरिवाजका साथ विवाह भइरहेका छन्। यीमध्ये कतिपय विवाह आफ्नो अनौठो संस्कारका कारण चर्चामा आउने गरेका छन्। यस्तै विवाह बेतियामा पनि भएको थियो, जसमा जेसीबीमा मटकोर समारोह गरिएको थियो। यो अनौठो अनुष्ठान हेर्न मानिसहरुको ठूलो भीड जम्मा भएको थियो। वास्तवमा हिन्दु धर्ममा मटकोरको अनुष्ठानको विशेष महत्व छ। यो अनुष्ठान विवाहको एक दिन अघि आयोजित गरिन्छ, अनि बेहुला र बेहुलीको आ-आफ्नो घरमा गरिन्छ। समाचार अनुसार, मटकोर संस्कारमा कोदालोले माटो खनेर धान रोप्ने गरिन्छ। सुख, समृद्धि र सन्तान जन्मको कामनाका साथ यो अनुष्ठान गरिन्छ।

बेतियाको मझौलिया ब्लकको गुरचुरवा गाउँका महावीर प्रसाद कुशवाहाका छोरा आलोक कुमारको विवाह भएको छ। यस विवाहमा मटकोरको अनुष्ठान अनौठो तरिकाले गरिएको थियो। कार्यक्रममा जेसीबीले माटो खनेर धान रोपियो। यो दृश्य दर्शकका लागि निकै अचम्मको थियो। मानिसहरूले यो अनौठो अनुष्ठानको धेरै प्रशंसा गरे। जेसीबीबाट मटकोरको समारोहको खबर सामाजिक सञ्जालमा भाइरल भएपछि यो विवाह चर्चामा आएको थियो। मानिसहरु यो अनौठो अनुष्ठान बारे जान्न उत्सुक छन्। कतिपयले यो संस्कारलाई आधुनिकीकरणको प्रतीक मान्छन् भने कतिपयले परम्परासँग छेडछाड भएको बताएका छन्।

About Author

Advertisement