बिहार हिंसामा अर्धसैनिक बल तैनाथ, अमित शाहले राज्यपालसँग कुरा गरे, सासाराममा धारा १४४ लागू

amit-shah-1

पटना: रामनवमीको दिन बिहारमा भड्किएको हिंसा अहिलेसम्म रोकिएको छैन। हिंसाका कारण उत्पन्न भएको तनाव राज्यमा अझै कायमै छ। अप्रेल १ -मा विहार शरीफ र सासाराममा बदमाशहरूले फेरि ताण्डव मच्चाएका छन्।यस मामिलामा पुलिसले बिहार शरीफ र सासाराममा धारा १४४ लागु गरेको छ। बिहार हिंसामा संलग्न रहेको आरोपमा पुलिसले हालसम्म १०६ जनालाई पक्राउ गरेको छ। जानकारी अनुसार, बिहार शरीफको पहाड़पुरमा १२ राउण्ड गोली चलाइएको थियो भने सासारामको धार्मिकस्थल बाहिर बम प्रहार गरिएको थियो। बिहारमा जारी हिंसालाई मध्यनजर गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहले बिहारका राज्यपाल राजेन्द्र अर्लेकरसँग कुराकानी गरे र उनीसँग कानून र व्यवस्थाको बारेमा जानकारी लिए। उनले बिहारमा अर्धसैनिक बल तैनाथ गर्ने निर्णय गरेका छन्।

About Author

Advertisement