बिहारमा पत्रकार हत्याकाण्डका तीनजना आरोपी चन्दननगर पुलिसद्वारा पक्राउ

Hand-Cuff-3

हुगली: चन्दननगर पुलिस कमिश्नरेटको चन्दननगर पुलिस थानाले तीन अभियुक्तलाई पक्राउ गरेको छ। यी तीनजनामाथि बिहारमा पत्रकार सुभाष कुमार गुप्ताको हत्या गरेको आरोप छ। घटना बिहारको बेगुरसराई जिल्लाको हो। यी तीनजना अभियुक्त प्रियंशु (२१), रोशन कुमार (२२) र सौरभ कुमार (१८) खगडिया थानाअन्तर्गतको छोटारानी शाखापुरा गाउँका हुन्। बिहारको बखरी पुलिस थानामा हत्याको उजुरी परेको छ। चन्दननगरका स्थानीयले गोस्वामी गंगाको किनारमा तीनजना शंकास्पद युवाहरु घुमफिर गरिरहेको पुलिसलाई खबर गरेका थिए। खबर पाएलगत्तै पुलिसले घटनास्थलबाट तीनैजनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरु गरेको छ। सोधपुछका क्रममा ती व्यक्तिले हत्याको घटनापछि गत २० मईदेखि फरार रहेको बताए। पुलिसले उनीहरुको खोजी गरिरहेको छ। आरोपी मध्य प्रदेश, दिल्ली, हरियाणा, उत्तर प्रदेश, उत्तराखण्ड, ओडिशाको कटनी हुँदै पश्चिम बङ्गालको हुगली आएका थिए।

About Author

Advertisement