बिर्तामोड नाटक घरमा कलाकार र अभियन्ता ब्दारा नाटक अवलोकन

IMG-20250203-WA0038

बिर्तामोड: क्षितिज नाट्य प्रतिष्ठान झापाद्बारा निर्मित झापा नाटक घरमा मञ्चन भइरहेको नाटक हेर्न आइतवार नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय संयोजक दुर्गा प्रसाइ पुगेका छन्। 
नाट्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष माधब कल्पितको निर्माण परिकल्पना र गजेन्द्र पृथकको लेखन निर्देशनमा आधारीत नाटकको समापनलाई  हेर्न चलचित्र निर्देशक अशोक शर्मा, निर्माता नगेन्द्र घिमिरे,नेपाल पुकारका मेनेजिङ्ग डाइरेक्टर प्रकाश दहाल, निर्देशक राघव मुडालिया, निर्माता उदय शर्मा लगायतको टोली आइतवार झापा नाटक घर पुगेको निर्माण परिकल्पनाकार कल्पितले जानकारी दिए। 
आफुले ऋणको भय र त्रासबाट नागरिकले आत्मदह गर्न लागेको देखेर अभियान चलाएको अहिले कलाकारहरुले श्रब्य दृश्यका माध्यमबाट आफ्नो भावना र चाहना बमोजीमको नाटक मञ्चन गरि नागरिकलाई सजक र सचेत गराउन सफल भएकोमा आफुलाइ खुशी लागेको कुरा नागरिक बचाउ महाअभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाइले बताउँछन। अभिनय बिधाको जीवित तत्व भनेकै नाटक हो। क्षितिज नाट्य प्रतिष्ठानले उत्कृष्ट नाटक मञ्चन गर्न सफल भएको पाउदा आफुलाइ खुशी लागेको चलचित्र निर्देशक अशोक शर्माले बताएका छन्। गत १ महिना अघिबाट मञचन भएको नाटक परिबन्ध हालसम्म १५ हजार बढि दर्शकले हेरि सकेका छन्। नाटकमा राजकुमार भट्टराई, गजेन्द्र पृथक, माधब प्रसाद सिटौला, भिमा खतिवडा, राकेश दर्नाल, गंगा प्रसाइ, दिपा ढकाल, श्रृष्टि आचार्य, सितल खनाल, प्रज्वल भट्टराई, विवेक मिश्र, देवीमाया प्रसाइ लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेको परिकल्पनाकार कल्पितले जानकारी दिए।

About Author

Advertisement