बिजुवा गाउँमा पिउने पानी ट्यांकीको उद्घाटन

सुकेपोखरी: जोरबङ्ङलो सुकेपोखरी खण्ड विकास कार्यलय प्लुङ्गदुङ्ग ग्राम पंचायतअन्तर्गत बिजुवा गाउँमा जोरबङ्ङलो सुकेपोखरी खण्ड विकास अधिकारी सामीरूल इस्लामको बाहुलीबाट पिउने पानी ट्यांकीको उद्घाटन गरिएको छ, (बीएडीपी २०२१-२२) योजना मार्फत निर्माण गरिएको छ निर्माण कार्य गुणस्तरीय रूपमा सम्पन्न खण्ड विभाग अधिकारी छिरिङ वाङदी शेर्पा, बसन्त माझी, प्लुङ्दुङ ग्राम पन्चायत सचिव कर्ण राई, अदित्य पाण्डे, राज राईलगायत कर्मचारी, स्थानीय नागरिक,  समाजसेवीहरूको उपस्थिततिमा कार्यक्रम आयोजनामा पिउने पानी ट्यांकीको उद्घाटन गरिएको छl उक्त पिउने पानी ट्यांकी निर्माणको लागत ९,५६,३९७.६१ रुपियाँ रहेको बताइएको छl  ‌

About Author

Advertisement