बिजयकुमार राई एक वर्षको निम्ति डिष्ट्रिक्ट स्कूल बोर्डको एडहक समितिको अध्यक्ष नियुक्त

IMG-20220715-WA0146.jpg

दार्जिलिङ: बिजयकुमार राई एक वर्षको निम्ति डिष्ट्रिक्ट स्कूल बोर्डको एडहक समितिको अध्यक्ष नियुक्त हुनुभएको छ। आज पश्चिम बंगाल सरकार, शिक्षा विभागले एउटा अधिसूचना जारी गरेर नियुक्तिको घोषणा गरेका छन्। उक्त जानकारी प्रेस विज्ञप्ति जारी गरी जीटीएका नयाँ चिफ् एक्जीक्युटिभ अनित थापाले जानकारी गराएका छन्। बिजयकुमार राई एकजना भूतपूर्व प्रधान अध्यापक, शिक्षाविद् साथै एक साहित्यकार साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय सदस्य पनि हुन्।
उनको यो नियुक्तिले पहाडको शिक्षालाई नयाँ दिशा अवश्य दिनेछ। उनलाई धेरै धेरै बधाई अनि शुभकामना छ भनी जीटीएका नयाँ चिफ् एक्जीक्युटिभ अनित थापाले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

About Author

Advertisement