बाहिर र भित्रको कुरा गर्नुभन्दा राजनीति गर्नेहरुले इतिहास राम्रोसितले पढ्नुपर्छ: अमर लामा

IMG-20260404-WA0032

खरसाङ: बिमल गुरुङले मलाई खरसाङ किन आएको भन्दा मैले सांसद राजु विष्ट मणिपुरबाट किन आएको भन्नु मिल्दैन। म त्यसरी बोल्दिन। बाहिर र भित्रको कुरा गर्नुभन्दा राजनीति गर्नेहरुले इतिहास राम्रोसितले पढ्नुपर्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले‌ बताएका छन्। उनले खरसाङ विधानसभा समष्टि अन्तर्गत घुम्ती चियाबारीमा चुनाव प्रचार गर्ने क्रममा पत्रकारहरुले सोधेका प्रश्नको उत्तरमा भने, बाहिर र भित्रको कुरा गर्नु हुँदैन। बिमल गुरुङले आफुले आफुलाई विश्वभरिको गोर्खाहरुको नेता सम्झन्छन्। बोल्न पायो भन्दैमा के पायो त्यही बोल्न हुँदैन। बोल्न अघि विगतमा आफूले के गरेको थिए त्यो बुझेर मात्र बोल्नुपर्छ। २०१२ को जीटीए चुनावमा बिमल गुरुङले खरसाङबाट प्रदीप प्रधानलाई लगेर दार्जिलिङको पान्दाम समष्टिबाट उठाएको थिएँ तर हामीले केही भनेनौँ तेतिबेला। माइक पाउनसाथ मनपरि बोल्नु हुँदैन। जिम्मेवारीपूर्वक बोल्नुपर्छ।’
उनले अघि भने, खरसाङ -कालेबुङ, दार्जिलिङ -कालेबुङ , दार्जिलिङ -खरसाङ बाहिर र भित्र हुँदैन। हामीले दार्जिलिङ र कालेबुङ मिलाएर गोर्खाल्याण्ड माग्छौं तर यसरी यही बाहिर र भित्र गरिरहनु हुँदैन।‌’
बिमल गुरुङमाथि बोल्दै अमर लामाले भने, ‘बिमल गुरुङले मलाई खरसाङबाहिरको भने तर मैले उनीसितै हुने सांसद राजु विष्ट मणिपुरबाट लिन आएको भनेर भन्नु भएन नि कारण मेरो कन्साइनले त्यो मान्दैन। डा. मनमोहन सिंह पञ्जाबको भए पनि आसामबाट सांसद भएर प्रधानमन्त्री बनेका थिए। राजनीति गर्नेहरुले इतिहास राम्रोसितले पढ्नुपर्छ। आउनु पाउँछ नि। त्यो त भारतको संविधानले दिएको छ।’

About Author

Advertisement