नगाउँ: बाल विवाह विरूद्ध राज्य सरकारले कड़ा रबैया अपनाएपछि पनि अभिभावकहरूको एक वर्ग जागरूक हुन सकेको छैन।
कामपुर देवनारीकली गाउँकी १७ वर्षीय किशोरीको बिहे आटिगाउँको रिन्टू कलिता नाम गरेको युवकसित गराउने व्यवस्था गरिएको थियो।
खाने-पिउनेका धेरै समानको व्यवस्था गरियो र बिहेपनि भयो। बेहुलीको घरमा सबैले प्रतिक्षा गरिरहेको समय बेहुली बिना बेहुलाकै घर पुगिन् र साथमा पुलिस र बाल संरक्षण समिति (चाइल्ड लाइन) का सदस्यहरू पनि पुगे। बेहुलीका पितालाई पक्राउ गरिएको छ भने रिन्टू कलिता नाम गरेको युवकलाई पनि कामपुर पुलिसले हिरासतमा लियो। अहिले उनीसित कामपुर थानामा सोधपुछ भइरहेछ।









