बाल दिवसमा मुख्यमन्त्रीले गरे जवाहारलाल नेहरुप्रति श्रद्धार्पण

IMG-20241114-WA0303

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित रहेर ह्वाइट हल परिसरमा रहेको पण्डित जवाहारलाल नेहरुको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत युवा दिमागलाई माया, हेरचाह र शिक्षाको साथ पालनपोषण गर्ने जवाहारलाल नेहरूको दृष्टिकोणबारे प्रकाश पारे। उनले प्रत्येक बच्चालाई उनीहरूको पूर्ण क्षमतामा पुग्नको लागि सुरक्षित र सहयोगी वातावरण उपलब्ध गराउनु पर्ने आवश्यकतामा जोड दिए। कार्यक्रममा सामेल
बालबालिकालाई शुभकामना व्यक्त गर्दै उनले सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र स्रोतहरूमा पहुँच सुनिश्चित गर्न सरकारको प्रतिबद्धता पनि जाहेर गरे। यस अवसरमा मन्त्रीहरू सोनाम लामा, राजु बस्नेत, भोजराज राई, विधायक तेन्जिङ लाम्ठा लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement