बालोन डी’ओर अफ अल टाइम (बीओएटी)-को खिताब रोनाल्डोको झोलीमा

IMG-20261029-WA0042

नयाँ दिल्ली: फूटबल जगतमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच सर्वश्रेष्ठ खेलाड़ीको बहस लामो समयदेखि जारी रहेको छ। यसपाली प्रशंसकहरूका भोटिंगमा चाहिँ रोनाल्डोले मेस्सीलाई पछि छोड़ेर बालोन डी’ओर अफ अल टाइम (बीओएटी)-को खिताब आफ्नो नाम गरेका छन्। यस भोटिंगमा पोर्तुगलका दिग्गज खेलाड़ीको २००८ सीजनको बालोन डी’ओर लाई इतिहासमा कुनै विजेताको सर्वश्रेष्ठ व्यक्तिगत प्रदर्शन चयन गरिएको छ। यसरी मेस्सीको २०१२-को ऐतिहासिक सीजन दोस्रो स्थानमा रह्यो। बालोन डी’ओर संगठनले २०२६-को गोल्डन बल पुरस्कारको नतीजा अघि आएको केही दिनपछि यस भोटिंगको परिणाम जारी गऱ्यो। ईंग्ल्याण्ड र बायर्न म्यूनिखका स्टार फरवर्ड ह्यारी केनले २०२६-को गोल्डन बल पुरस्कार जितेका थिए जबकि बीओएटी-को फसेला प्रशंसकहरूका भोटिंगको आधारमा गरियो। रोनाल्डोको म्यानचेष्टर युनाइटेडसँग २००७-०८ सीजन यादगार रहेको थियो। पूरा सीजनमा उत्कृष्ट प्रदर्शनको साथ रोनाल्डोले आफ्नो र टोलीको स्तरलाई अलग उँचाईमा पुऱ्याएका थिए। उनको विध्वंशी लयले गर्दा नै म्यानचेष्टर युनाइटेडले त्यस सीजनमा ईंग्लिश प्रीमियर लीग र च्याम्पियन्स लीग दुवैको खिताब जितेको थियो। रोनाल्डोले पूरा सीजनमा क्लबको निम्ति ४९ वटा म्याच खेलेर ४२ गोल गरेका थिए। यसको साथमा ९ वटा असिस्ट पनि सामेल छ। यसमा उनले प्रीमियर लीगमा ३१ र च्याम्पियन्स लीगमा ८ गोल गरेका थिए। त्यस अवधि उनले धेरैवटा व्यक्तिगत पुरस्कार पनि जितेका थिए। प्रीमियर लीगको गोल्डन बूट विजेता बन्नको साथै रोनाल्डो च्याम्पियन्स लीगमा पनि सर्वाधिक गोलदाता रहेका थिए। यसबाहेक उनले यूरोपियन गोल्डन शू पनि जितेका थिए। रोनाल्डोलाई प्रीमियर लीग प्लेयर अफ द सीजन, पीएफए प्लेयर्स प्लेयर अफ द ईयर, एफडब्ल्यूए फूटबलर अफ द ईयर, यूएफा क्लब फूटबलर अफ द ईयर र फिफा वर्ल्ड प्लेयर अफ द ईयर जस्ता सम्मान पनि हासिल भएको थियो। यसरी २००८ उनको करियरको सबैभन्दा यादगार साल रहेको थियो।
बालोन डी’ओर अफ अल टाइम (बीओएटी)-को अन्तिम ऱ्याङकिंगमा रोनाल्डो र मेस्सीको वर्चस्व रह्यो। शीर्ष १०-मा यी दुईजना बाहेक अन्य कसैले स्थान पाएनन्। रोनाल्डोको ५ वटा सीजनले सूचीमा स्थान बनायो। यसमा २००८, २०१७, २०१६, २०१४ र २०१३ सामेल छ। यसरी मेस्सीको २०१२, २०२३, २०१५, २०११ र २००९ सीजन शीर्ष १०-मा सामेल रह्यो। मेस्सीले कुनै पनि खेलाड़ीभन्दा अधिक (८ पल्ट) बालोन डी’ओर खिताब जितेका छन् तर यस खास भोटिंगमा रोनाल्डोको २००८-को प्रदर्शन सबैभन्दा अघि रह्यो। बालोन डी’ओर-को ७०औं वार्षिकीमा शुरु गरिएको यस विशेष पहलमा केवल ती खेलाड़ीहरूका सीजनलाई सामेल गरियो, जसले कम्तीमा २ पल्ट यस पुरस्कारलाई जितेका छन्। यसलाई सुपर बालोन डी’ओर-देखि पनि अलग राखियो।

About Author

Advertisement