बालीमा पत्नीले गरिन् पतिको हत्या

3727.jpg

बरपेटा: बरपेटा जिल्लाको बजालीमा महिला तिका बोराले आफ्नो पति निरन्जन बोराको हत्या गरेको आरोप छ। आरोपित महिलाले पुलिस सामू आत्मसमर्पण गरेकी छन्।सोधपुछमा आरोपित महिला जुतिकाले भनिन्, पतिको हत्या गर्नका लागि उसले १५ दिन अगावै हाउलीबाट एउटा धारिलो हतियार किनेर ल्याएकी थिइन्। उसले पतिमाथि सोही हतियारले तीन पल्ट हमला गरिन्, जसले गर्दा पतिको मृत्यु भयो। पुलिसले हत्यामा प्रयोग गरिएको हतियार पनि उद्धार गरेको छ। पतिको हत्या गर्ने महिलाले बिहीवार बिहान आफ्नो छह वर्षीय छोराको साथ भवानीपुर थानामा पुलिस सामू आत्मसमर्पण गरिन्। हत्याको कारण पारिवारिक कलह बताइँदैछ। मृतक व्यक्ति गोलाघाटको बासिन्दा बताइएको छ। दुवै पति-पत्नी गत १० वर्षदेखि आफ्नो सासूको घरमा बसिरहेका थिए।यस सम्बन्धमा एक प्राथमीक दर्ता गर्दै मृतदेहलाई उद्धार गरी पोस्टमार्टमको निम्ति अस्पतालमा पठाएको छ यस घटनालाई लिएर क्षेत्रमा सनसनी व्याप्त छ।

About Author

Advertisement