बालिकाको दुष्कर्मपछि हत्या, अनुसन्धानका लागि पुग्यो फोरेन्सिक टोली

Child-Sexual-Abuse-Rep-Image-A-copy-1

अलिपुरद्वार: फलाकाटामा एक बालिकाको दुष्कर्म र हत्याको घटनामा फोरेन्सिक टोली घटनास्थलमा पुगेको छ। तीन जनाको फरेन्सिक टोली आज दिउँसो फालाकाटाको खगेनहाट इलाकामा रहेको अभियुक्तको घर पुग्यो। उनीहरुले अहिले त्यहाँ नमूना संकलन गरिरहेका छन्। अर्कोतर्फ, अलिपुरद्वारका पूर्व तृणमूल विधायक सौरभ चक्रवर्ती सोमबार पीडित परिवारलाई भेट्न पुगेका छन्। घटनाका सम्बन्धमा उनले भने, ‘यो अत्यन्त दुखद घटनामा संलग्नलाई फाँसी दिनुपर्छ।‘

About Author

Advertisement