बार एसोसिएशनको चुनाव जलपाईगढीमा शान्तिपूर्ण रूपमा जारी

IMG-20241219-WA0133

जलपाईगढी: जाडोको मौसममा बार एसोसिएसनको मतदान जलपाईगढी जिल्ला अदालत परिसरमा सौहार्दपूर्ण वातावरणमा भइरहेको छ। जिल्ला अदालत बार एसोसिएसनको चुनाव पूर्वघोषित कार्यतालिका अनुसार बिहीबारदेखि शुरु भएको छl प्रत्येक दुई वर्षमा वकिलहरुले आफ्नो संस्था बार एसोसिएसनको लागि चुनाव गर्ने गरेका छन्। आज पुरानादेखि नयाँ पुस्तासम्मका वकिलहरू चुनाव प्रक्रियामा भाग लिन आएका छन्। जिल्लाका वरिष्ठ अधिवक्ता निर्मल घोष दस्तिदारले निकै राम्रो लागेको, सबै आएर भेटघाट गरेको बताए।

अर्कोतर्फ, जलपाईगढी बार एसोसिएसनका निवर्तमान सचिव विपुल सरकारले भने, ‘यो वकिलहरूको बीचमा हाम्रो आफ्नै चुनाव हो।‘ बार एसोसिएसनका सदस्य तथा जलपाईगढी नगर परिषदका चेयरमेन-इन-काउन्सिल सदस्य सन्दीप महतोले भने, ‘बार एसोसिएसनको कामलाई स्वस्थ ढंगले व्यवस्थित गर्न धेरै महत्त्वपूर्ण छ। त्यसैले चुनाव हुन्छl’

About Author

Advertisement