बाढ पीड़ितको राज्यपालसित भेट

IMG-20231020-WA0277.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो उत्तर जिल्लाको बाढ प्रभावित क्षेत्रकी प्रभावित बनेकी विद्यार्थीसँग राजभवनमा भेट गरे। विशेष गरेर चुङथाङ निवासी विनिता तामाङले राज्यपालसँग राजभवनमा शिष्ठचार भेट गरेको राजभवनद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ। भेटको क्रममा राज्यपालले टिस्टा नदीले पुऱ्याएको क्षतिप्रति संवेदना प्रकट गरे। उनले पीढिता विनिताले बाढको कारण आफन्त गुमाउनु परेको पीढालाई ध्यानमा राख्दै राज्यपालले पीढित परिवारको पक्षमा राजभवन सदैव साथमा रहेको विश्वास दिलाए। उल्लेखनीय छ, गत ४ अक्टोबरको दिन आएको प्रकृतिक प्रकोपले राज्यको विभिन्न स्थानमा व्यापकरूपमा क्षति पुऱ्याएको र यसले राज्य सरकार साथै आफू पनि चिन्तित बनेको उल्लेख गरे। उक्त घटनामा परि विनिताले आफ्नो बाबु र भाई गुमाएको पनि राज्यपाललाई अवगत गराए। विनिता हाल धर्मशाला गर्वमेन्ट कलेजमा पहिलो वर्षकी छात्रा हुन्, जसले फिजिकल एजुकेसनको निम्ति अध्ययरत छन्।

About Author

Advertisement