बाढी पीडितहरूको निम्ति एमजी मार्गमा च्यारिटी शोकाे आयोजना

IMG-20230410-WA0169-11-300x172-7

गान्तोक: गत ४ अक्टोबरको दिन सिक्किम राज्यमा भएको त्रासदीका कारण सम्पूर्ण सिक्किमे जनगण अत्यन्तै दुःखित एवं मर्माहित बन्न पुगे। यस्तो शोकको स्थितिमा पोकलोक कामराङ निर्वाचन क्षेत्र अन्तर्गत माझीटार कम्पाउन्ड वार्डमा सिक्किमको सुख अनि समृद्धिको कामना गर्दै नौरथाको शुभ अवसर पारेर सो वार्डका पञ्चायत साथै युवा मिलेर नौ दिन दुर्गा पूजा आयोजना गरिएको थियो।

गत १५ देखि २३ अक्टोबरसम्म आयोजन गरिएको उक्त धार्मिक अनुष्ठानमा बाढी पीडितहरूको कल्याण हेतु साँझमा सांस्कृतिक कार्यक्रम अनुरूप च्यारिटी शो पनि राखिएको थियो। पूजा आयोजन समितिले सो सांस्कृतिक च्यारिटी शोलाई गान्तोकको एमजी मार्गमा भोलि 30 अक्टोबरको प्रस्तुत गर्ने भएको छ।

आयोजक समितिले सिक्किमे जनगणलाई गान्तोकको एमजी मार्गमा आयोजना हुने उक्त सांस्कृतिक च्यारिटी शोमा उपस्थित भइदिन अपील गरेको छ। यस च्यारिटी शोबाट संग्रहित धनराशि मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने आयोजक समितिले जानकारी गराएको छ।

About Author

Advertisement