बाढ़को चपेटमा परी हराएका २२ जवानहरूको खोजी कार्य जारी

n5443716521696517705095e2d0d77fe08b855f2d7dec73289eff004a04fa43fb10097974eed3c668200dc4.jpg

गान्तोक: फ्ल्याश-फ्लडको चपेटमा परेर हराएका भारतीय सेनाका २२ जवानको खोजी कार्य जारी रहेको छ। हराएका २३ जवान मध्ये बुधवार सॉंझ एक जवानलाई सकुशल उद्धार गरिएको थियो।

रहल २२ जवानहरूको खोजी कार्यमा भारतीय सेनाको त्रिशक्ति कोर लागि परेका छन्।

सिङताम नजिक बरदाङमा पुरिएका सेनाका वाहनहरूलाई खनेर निकाल्ने कार्य जारी रहेको छ। यसैगरी, टिस्टा नदीमा पनि खोजी अभियान चलाइएको छ। हराएका जवानहरूका परिवारहरूलाई घटनाको बारेमा जानकारी गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ। सिक्किम र उत्तर बंगालमा तैनात अन्य सेनाका जवानहरू सुरक्षित रहेको बताइएको छ।

अर्कोतिर, उत्तर सिक्किमको लाचेन, लाचुङ र चुङथाङमा स्थानीय नागरिकहरू र पर्यटकहरूको निम्ति भारतीय सेनाले चिकित्सा शिविर लगाउने र टेलिफोन कनेक्टिविटी उपलब्ध गराउने कार्य गरेको छ।

About Author

Advertisement