बाग्राकोटमा मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन १४ अक्टोबरदेखि

IMG-20221010-WA0124.jpg

१० अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा) १४ अक्टोबरदेखि शुरु हुनेछ। बाग्राकोट टी गार्डनको भानु मैदानमा हुने यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टको उद्घाटन म्याचमा बी.यू.एफ.ए. र स्टालिन नगर बाग्राकोटबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।

About Author

Advertisement