‘बहाव’को दोस्रो गीत सार्वजनिक  (भिडियोसहित)

00-1-Bahaab

काठमाडौं: आउँदो ७ अप्रेलदेखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक भएको छ। अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको हो। गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको सङ्गीत र विषय आचार्यको एरेन्ज रहेको छ। बहाव यी मनका गीत फिल्मका प्रमुख पात्रहरू कथाको भावनालाई प्रस्तुत गरिएको छ। फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ। यस गीत मार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव ब्यक्त्त गरिएको छ।  बहाव घर घरको कथा हो। एउटा परिवारको मनोविज्ञानलाई सुरक्षा र कमलमणिबिचको अन्तरद्वन्द्वपछि आउने परिस्थितिलाई देखाउने प्रयास गरिएको छ।
यस गीतकाबारेमा सङ्गीतकार सापकोटाले भने, ‘यो एउटा अप्रत्याशित तवरले बनाइएको गीत होl’ यो गीत दर्शक श्रोताकालागि माया भावसंगैको बहावसँग वियोगान्तसम्म पुर्याउछ भन्ने लागेको बताए। यस्तै, गायक चौलागाईं भन्छन्, ‘मानिसहरूको अन्तर मन भित्रको वेदनाहरू र जिन्दगीसँग निसासीको एउटा व्यक्तिको मन भित्रको बहावलाई यो गीत मार्फत व्यक्त गर्ने खोजिएको गीत हो। मैले गीत गाउँदा शब्दको भाव मै डुबेर गाएको थिएँ। मलाई आशा छ दर्शक श्रोताहरूले पनि यो गीत मन पराउनु हुन्छ।’
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ। यस  फिल्मका निर्माता श्रीधर पौडेल हुन्। उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए। पौडेलले आफ्नो स्वतन्त्रता आफैँमा कैद गर्नेहरूका लागि मार्ग प्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताएका छन्। फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ। सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ। फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ।

भिडियो लिङक:  

About Author

Advertisement