गान्तोक: बहाई सिनियर सेकेण्डरी स्कूल, तादोङले मेरी माटी, मेरा देश नारा लिएर ७७औं स्वतन्त्रता दिवस भव्यतापूर्वक पालन गऱ्यो। विद्यालय परिसरलाई तिरंगाको लुगा र बेलुनले सजाइएको थियो। बिहान ८.३० बजे विद्यालय परिसरमा भेला भएका शिक्षकहरु, प्रमुख अतिथि, अभिभावक तथा गैरशिक्षक कर्मचारीसहित विद्यार्थीवर्गले दीप प्रज्वलन गरी कार्यक्रम आरम्भ भएको थियो। कार्य़क्रममा प्रमुख अतिथिले राष्ट्रीय झण्डा उत्तोलन गरेपछि राष्ट्रिय गीत गाए। उक्त कार्यक्रमको प्रमुख अतिथि विद्यालयकी वरिष्ठ तथा सेवानिवृत्त शिक्षिका अनिता प्रधान रहेकी थिइन्। यसरी नै पूर्व छात्र डा. सोनाम ग्याल्त्सेन भूटिया, डा. सोनाम डिक्की डोल्मा र बिमल अग्रवाल विशिष्ट अतिथिको रुपमा उपस्थित रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो हाउसको प्रतिनिधित्व गर्दै परेड प्रस्तुत गरे। बाह्रौ श्रेणीका विद्यार्थीहरूद्वारा ब्याण्डको प्रदर्शनी पनि गरियो। त्यसपछि विद्यार्थीहरूले देशभक्ति गीत र साँस्कृतिक नृत्य प्रस्तुति गरियो। कतिपय विद्यार्थीले दासत्वपछि कसरी देशले स्वतन्त्रता पाए भन्ने थीममा छोटो स्किटको पनि प्रस्तुति गरे। अन्तमा उपप्राचार्य आरती प्रधानले स्वत्न्त्र दिवस समारोह सफलतापूर्वक सम्पन्न गराउन सहयोगका निम्ति सबैलाई धन्यवाद दिइन्।










