बर्फोङमा लोसुङ-नामसुङ फुटबल प्रतियोगिता

IMG-20241230-WA0224

गान्तोक: राभाङलामा आयोजित लोसुङ नामसुङ फुटबल प्रतियोगिमा आज विभिन्न कार्यक्रंमसंगै सुरु भयो। यसअवसरमा सिक्किम सरकार अधिनस्त सिम्फेडका अध्यक्षले भाग लिएर युवाहरुलाई प्रोत्साहित गरे। यो कार्यक्रम ब्रदर्स युनाइटेड बर्फुङद्वारा आयोजन गरेको हो। यो कार्यक्रम माघे मेला एक भागको रूपमा आयोजित गरिएको हो। योसंगै आयोजक समितिले लोसुङ नामसुङ फुटबल प्रतियोगितालाई उत्सवको रुपमा आयोजन गरिरहेको छ। यसबीच सिम्फेडका अध्यक्ष तेन्जिङ दोर्जी भोटिया प्रमुख अतिथिको रूपमा उपस्थित थिए। १४ माइल राभाङला पशु चिकित्सा मैदानमा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै सिम्फेड अद्यक्ष बोटियाले युवाहरूको खेलकुदप्रतिको जोशको प्रशंसा गरे र खेलकुद भावना र सामुदायिक भावनालाई बढावा दिनुको महत्त्वमा जोड दिए। हाम्रा युवाहरूले देखाएको खेलकुदप्रतिको लगाव साँच्चै कदरनीय भएको उल्लेख गर्दै उनले खेलकुदले हामीलाई एकताबद्ध मात्र नगरेर अनुशासन र विकासको रुपमा प्रेरणा दिने बताए। भोटियाले युवाहरुलाई सामाजिक कार्यतिर इअग्रसर गराउने यस्ता कार्यक्रमलाई सधैँ सहयोग गर्ने विचार राखे। अघ्यक्ष भोटियाले सिक्किमका जनतालाई लोसुङ नामसुङ शुभकामना दिँदै उत्सवमार्फत सधैँ एकतासदभाव र आपसी भाइचारालाई कायम राख्ने अनुरोध गरे। खेलले सबैलाई जोड़न सक्ने विचार पनि उनले राखे। उल्लेख्य, नाभाङलामा प्रत्येक वर्ष लोसुङ नामसुङ पर्वको अवसरनमा विभिन्न प्रकारको कार्यक्रम भव्यताको साथ सम्पन्न हुदै आएको छ। यो पर्व सिक्किमेहरुको महान पर्वहरुमध्ये एक हो। जसमा विभिन्न समुदाय एकअर्कालाई शुभकामना आदान प्रदान गर्दै मनाउने गरेका छन्।

About Author

Advertisement