गान्तोक: बर्फुङ निर्वाचन क्षेत्रमा ३१ घर परिवारले विपक्षी एसडीएफ पार्टी छोडेर सत्तारुढ़ एसकेएम पार्टीमा सामेल भएको दाबी आज एसकेएम पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा गरिएको छ।
बर्फुङ जारोङ जीपीयू अन्तर्गत आनेथाङ वार्डमा आज एसकेएम पार्टीको समन्वय बैठक तथा सामेल कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्षेत्रीय विधायक रिक्सल दोर्जी भोटिया, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विष्णु शर्मा, जिल्ला पञ्चायत जशोदा छेत्री लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रमका दौरान उपस्थित नेताहरूले सम्बोधन गर्दै पार्टीको अभियान र मिशन २०२९ प्रति समर्थन र प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा सामेल भएका ३१ घर परिवारले पार्टीलाई बलियो बनाउन सामूहिक दृष्टिकोणका साथ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको पार्टीले जनाएको छ।










