बरदाङमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता

IMG-20250316-WA0286

गान्तोक: पाकिम जिल्लाअन्तर्गत बरदाङको एटीटीसी प्रेक्षागृहमा आयोजित तेस्रो ऱ्याङकिङ जुनियर १९ र पहिलो माझीटार खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो। ब्याडमिन्टन क्लब अफ् माझीटारको पहलमा आयोजित यस प्रतियोगितामा तीनसय भन्दा अधिक खेलाडीहरूले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा सिक्किम लगायत छिमेकी राज्यका राष्ट्रीयस्तरका प्रतियोगीहरूले पनि अंश ग्रहण गरेका थिए। उक्त प्रतियोगिताका मुख्य संरक्षक एवं क्षेत्र विधायक एलबी दास कार्यक्रममा अतिथि थिए। यसअवसरमा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रकी पूर्व विधायक कृष्णकुमारी राई मुख्य अतिथि थिइन्।

About Author

Advertisement