बन विभागगद्वारा दुईजना पक्राउ

021f9bab-1126-4689-b89d-8c2c26a4b95b

कालचिनीः बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका पाना रेञ्जका बनकर्मीहरूले आइतबार सेन्ट्रल डुवर्स चियाबारीको पाना डिभिजनका दुईजनालाई पक्राउ गरेका छन्। प्राप्त जानकारी अनुसार आइतबार बिहानपख जंगली बाइसनको मासु बिक्री भईरहेको बन विभाग समक्ष गोप्य सूचना आईपुगेका थिए भने बनकर्मीहरूले तत्कालै अनुसन्धान चलाउँदा सेन्ट्रल डुवर्स चियाबारीको पाना डिभिजनबाट दुईजना अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताईएको छ।
पक्रा पर्ने दुईजना अभियुक्तको नाम सन्तबहादुर राई (३४) र सुखमन राई (६५) को रुपमा चिन्हित भएको बन विभागले जनाएका छन्। बनकर्मीहरूले पक्रा परेकाहरूलाई सोमबार अदालतमा पठाईने जनाएका छन्।

About Author

Advertisement