बन बिभागले हिरासतमा लिए भारीमात्रामा राउन्ड टिम्बर बोकेको दुइवटा गाडी

IMG-20230514-WA0262.jpg

गोरुबथान: नेउरा बन बिभागले राष्ट्रिय राजमार्ग ३१ बाट भारीमात्रामा राउन्ड टिम्बर बोकेको गाडी आफ्नो हिरासतमा लिएको जानकारी प्राप्त भएको छ। कालिम्पोङ बन बिभाग नेउरा रेन्ज गोरुबथानका विभागीय कर्मचारी तथा अधिकारीहरुले पेट्रोलिङ गरिरहेको समय १२ चक्के र १४ चक्के ट्रक आफ्नो हिरासतमा लिएर यसको जाँच गरिरहेको छ। ज्ञात रहोस नेउरा बन बिभागले हालमा अवैद्ध रुपमा ओसारपसार गर्ने गरेका तत्वमाथि नजर राखीरहेको छ भने अवैद्ध रुपमा मझिटो लिएर गइरहेको गाडी र बोल्डर बोकेको गाडी पनि पक्राउ गरेको छ। यस विषयमा विभागीय अधिकारीसित जान्न चाहँदा आफुहरुले जाँच गरिरहेको तथा यसको परिणाम जे आउँछ सो बारे बताउने पनि जनाएका छन्।

About Author

Advertisement