गोरुबथान: साखाम बन बस्तिमा लपछिरिङ लेप्चाको बारीमा भएको गुवाको बोटहरु साखाम बन बिभाग बिट अफिसरको नेतृत्वमा १५/२० जना स्टाफहरु आएर सबै काटी दिएको आरोप लगाइएको छ।लपछिरिङ लेप्चा आफु वरिष्ट नागारिक हुन्। आफ्नो वृद्ध भत्ताबाट पाएको रकम संग्रह गरेर केही हुन्छ कि भनेर आफुले गुवाको बोटहरु रोपेको तर रोपेको महिना दिनपछि विभागका कर्मचारीहरु आएर काटीदिँदा आफुमाथि ठुलो अन्याय भएको बताएका छन्। यो अन्यायको विरोधमा लपछिरिङ लेप्चाले गोरुबथान थानामा आज बन बिभाग नेउरा रेन्ज, साखाम बिटको विरुद्ध एफ आई आर दर्ता गरेको छ। त्यसपछि साखाम ग्राम सभाको अनुमति पाएपश्चात साखाम एफ आर सीले पनि यसै घटनालाई लिएर एफआईआर गरेको छ। हिमालयन फरेष्ट भिलेजर्स अर्गानाइजेसनको तर्फबाट महासचिव लीला कुमार गुरुङले यस घटनाको घोर विरोध जनाएका छन्। यसरी सोझा निमुखा बन बासीमाथिको अत्याचार अब उसो सहन नगरिने पनि बताएका छन्।











