सिलगढी: सिलगढी इस्टबेङ्गल फ्यान क्लबको तर्फबाट आज सिलगढीमा इस्टबेगल क्लबको १०४औं अनि इस्टबेङ्गल फ्यान क्लबको ७औं स्थापना दिवस पालन गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियमको इस्टबेङ्गल रोडलाई रातो र पहेँलो बेलुन तथा इस्टबेगल क्लबको झण्डाहरूले सजाइएको छ। इस्टबेङ्गल क्लबका सदस्य बासुदेव घोषले दीप प्रज्ज्वलन गरेर, क्लबको झण्डा उत्तोलन गरेपछि केक काटेर स्थापना दिवस पालन गरियो।

सिलगढी इस्टबेङ्गल फ्यान क्लबका कार्यकारी सदस्य मदन भट्टाचार्यले भने, हाम्रो लडाई कोलकाता फुटबल लिगबाट सुरु भएको हो। यस वर्षको फुटबल टिम पनि निकै राम्रो छ।









