बन्द चियाबारीहरूलाई लिएर नवान्नमा बैेठक

8-3.jpg

राज्यको मुख्य सचिवद्वारा श्रमिकहरूका खर्च र बोनस दिनु पर्ने युको बैंकलाई आदेश

सोनादा: बन्द अवस्थामा रहेको मुण्डाकोठी, मङ्गरजुङ्ग अनि चुङ्गथुङ्ग चियाबारीका श्रमिकहरुले बन्द रहेको दिनदेखिको खर्च अनि बोनस दिनु पर्ने राज्यका मुख्य सचिव एचके द्विवेदीले युको बैकलाई कडा निर्देश दिएको जानकारी प्राप्त भएको छ। आज राज्यको मुख्य सचिवालयमा राज्यका मुख्य सचिव एचके द्विवेदीको अध्यक्षतामा सम्पन्न उच्च बैठकमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापा, राज्यका श्रममन्त्री मलय घटक, राज्यका भूमि एंव भूमि सुधारका मुख्य सचिव अनि युको बैकका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। बैठकमा बैकठले आरपीलाई बगानको स्थिति रिपोर्ट बुझाउने समय लागेको भन्दै समय माग्दा राज्यका मुख्य सचिवले रिपोर्ट बुझाउँदै गर्नु तर बगानका श्रमिकहरुलाई बन्द रहेको दिनदेखिको खर्च अनि बोनस समयमा दिनु भन्ने युको बैकलाई बैठकमा कडा निर्देश दिएको बताइएको छ। स्मरण रहोस् बन्सल कम्पनीले युको बैकबाट लोन लिएर तिर्न नसकेपछि मुण्डाकोठि, मङ्गरजुङ्ग अनि चुङ्गथुङ्ग चियाबगान बन्द गरेर बन्सल कम्पनी चम्पट कसेका थिए। त्यही समय बगानको बिँग्रदो स्थितिलाई मध्यनजर राखेर श्रमिकहरूका हितार्थ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले सरकारसित बातचीत गरेर लेमन ग्रास कम्पनीलाई बगान सुम्पेका थिए।

बगान सुचारु रुपले चलिरहेको बेला हठात युको बैकले बन्सल कम्पनीले ऋण नतिरेको भनेर केही दिनदेखि लेमन ग्रास कम्पनीलाई पनि बगान चलाउन रोक लगाएको थियो। बगान बन्द हुन साथै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले राज्य सरकारलाई तुरन्तै पदछेप लिएर बगानबासीलाई समस्यामुक्त गर्नु पर्ने भन्दै पत्राचार गरेका थिए। त्यही पत्रको आधारमा आज राज्यका मुख्य सचिवले उच्च स्तरीय बैठक डाकेका हुन्।

About Author

Advertisement