बडारेमा बाटो बनिएपछि स्थानीय गाउँलेहरूले अजय एडवडर्सप्रति जनाए आभार

हाम्रो पार्टीका अध्यक्ष अजय एडवडर्सl फाइल फोटो

दार्जीलिङ: रेलिङ-कैजले समष्टिअन्तर्गत पर्ने बडारेका बासिन्दाहरूले गाउँसम्म पूग्ने बाटो बनाउन हाम्रो पार्टीका अध्यक्ष अजय एडवडर्सलाई अनुरोध गरेका थिए। स्थानीय बासिन्दाहरूको अनुरोधअनुसार बाटो खन्ने कार्यको लागि जेसीबी पठाइदिएका थिएl स्थानीय गाउँलेहरूले बाटो खन्ने कार्य शुरू गरेपछि सो पूरा भएको बताइएको छ। बडारेका युवा रोशन छेत्रीले गाउँसम्म पूग्ने बाटो नहुँदा धेरै असुविधाहरू झेल्दै आएको बताए। उनले भने, ‘हामी खेती किसान गरेर आफ्नो घर परिवारको पालन पोषण गर्नेहरू हौं। हामीले आफ्नो खेतमा उत्पादन गरेको साग सब्जी एंव अन्य खाध्य समाग्रीहरू गाउँबाटै उठाएर बिक्रीको लागि बजार पुर्याउन सक्ने भएका छौंl’ स्थानीय गाउँले रेलिङ कैजले समष्टिको हाम्रो पार्टीका संयोजक अनित सुब्बा, विनोद छेत्री आदिलाई पनि आभार जनाए।

About Author

Advertisement