मालदा: आफ्नै घरबाट करिब एक किलोमिटर टाढा युवकको गोलीले छलनी भएको लाश फेला परेको छ। घटना मालदा जिल्लाको चुरी अनन्तपुरको केयामाटोला क्षेत्रमा भएको हो। पुलिस स्रोतका अनुसार मृत्यु हुनेको नाम ममुद मियाँ (२०) रहेको छ। पारिवारिक श्रोतका अनुसार ममुद साँझ घरबाट निस्केका थिए तर फर्किएनन्। शुक्रबार बिहान भारत–बंगलादेश सीमामा एक युवकको लाश स्थानीयले देखेका थिए। खबर पाएलगत्तै परिवारका सदस्यहरू घटनास्थलमा पुगेर मामुदलाई उद्धार गरेर मालदा मेडिकल कलेज र अस्पतालमा लगे। त्यहाँ आकस्मिक कक्षमा डाक्टरले मामुदलाई मृत घोषणा गरेका थिए। रातको अँध्यारोमा सामान तस्करी गर्न खोज्दा बीएसएफको गोली लागेर ममुदको मृत्यु भएको प्रारम्भिक अनुमान छ। घटनाबारे कालियाचक पुलिस थानाले अनुसन्धान शुरु गरेको छ।









