बंगालमा भाजपाले ३० सिट जित्यो भने उत्तर बंगालमा दोस्रो एम्स बनाउने गृहमन्त्री अमित शाहले गरे वाचा

IMG-20240423-WA0294

रायगञ्ज: केन्द्रीय गृहमन्त्री अमित शाहले राज्यमा भाजपाले ३० सिट जित्यो भने उत्तर बंगालमा दोस्रो एम्स अस्पताल बनाउने वाचा गरेका छन्। दोस्रो चरणको चुनावी प्रचारको अन्त्यमा नरेन्द्र मोदी सरकारको शीर्ष नेता अमित शाह आएर एम्स निर्माणको प्रतिवद्धता जनाए। मंगलबार गृहमन्त्रीले शाहले रायगञ्ज लोकसभा क्षेत्रबाट भाजपाका उम्मेद्वार कार्तिक चन्द्र पालको समर्थनमा प्रचार गर्दा यस्तो वाचा गरेका हुन्। उत्तर दिनाजपुर जिल्लाको करंदीघी ब्लकको रसाखोआ हाई स्कूल मैदानमा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो वाचा गरेका हुन्। उने भने, ‘केन्द्र सरकार रायगञ्जमा एम्स जस्तै अस्पताल बनाउन चाहन्छ। तर ममता ब्यानर्जी (मुख्यमन्त्री)ले एम्स अस्पताललाई रायगञ्जबाट कल्याणीमा सारिन्। यदि भाजपाले राज्यमा तीस सिटहरू ल्यायो भने, दोस्रो एम्स अस्पताल उत्तर बंगालमा बनाइनेछ। यो मोदीको ग्यारेन्टी हो।‘

About Author

Advertisement