बंगालका नौ जिल्लामा भारी वर्षाको अलर्ट, गर्मीबाट राहत

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः कोलकाता महानगर लगायत दक्षिण बंगालका नौ जिल्लामा भारी वर्षाको अलर्ट जारी गरिएको छ। मौसम विभागको क्षेत्रीय मुख्यालयले आइतवार बताए अनुसार, कोलकातामा गत २४ घण्टामा ९.५ मिलीमिटर पानी रेकर्ड गरियो। यस कारण तापक्रममा ह्रासको क्रम जारी छ।

कोलकातामा अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस पुगेको छ भने न्यूनतम तापक्रम २६.५ डिग्री सेल्सियस छ, जुन सामान्यभन्दा एक डिग्री कम हो। कोलकाताका साथै हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया र बांकुड़ामा पनि आइतवार दिनभरि पानी पर्नेछ। उत्तर बंगालको अलिपुरदुआर, कुचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि यसरी नै लगातार पानी परिरहेको छ।

About Author

Advertisement