फ्रेञ्च ओपनको फाइनलमा हारिन् पीभी सिन्धु

74575007-a17a-4291-9671-23a5ad34b7db

पेरिस: भारतकी अनुभवी खेलाड़ी पीभी सिन्धुले बीडब्ल्यूएफ फ्रेञ्च ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा उपविजेताको रूपमा चित्त बुझाउनु पऱ्यो। आइतवार खेलिएको महिला एकलको फाइनलमा २ पल्टकी ओलम्पिक पदक विजेता सिन्धुले विश्वकी नम्बर १ खेलाड़ी दक्षिण कोरियाकी एन से यंगविरुद्ध २१-१६, ११-२१, १२-२१-ले हारको सामना गर्नु पऱ्यो। फाइनलमा असल शुरुवात गर्दै सिन्धुले पहिलो गेम २१-१६-ले जितिन् तर त्यसपछि एन से यंगले असाधारण पुनरागमन गरिन्। दक्षिण कोरियाई खेलाड़ीले अघिल्लो २ वटा गेम सजिलै जितेर खिताब झोलीमा हालिन्। यस हारको साथै सिन्धु फ्रेञ्च ओपनको महिला एकल खिताब जित्ने १९९८ पछि पहिलो भारतीय महिला खेलाड़ी बन्नदेखि चुकिन्। भारतकी अपर्णा पोपटले १९९८-मा पेरिसमा ट्रफी जितेकी थिइन्। त्यसपछि कुनै पनि भारतीय महिला खेलाड़ीले फ्रेञ्च ओपनको एकल खिताब जित्न सकेकी छैनन्। एन से यंगविरुद्ध सिन्धुको संघर्ष फाइनलमा पनि जारी रह्यो। दक्षिण कोरियाकी खेलाड़ीविरुद्ध सिन्धुले अहिलेसम्म ११ वटा म्याच खेलेर जम्मै हारेकी छन्। आज सिन्धुले शुरुमा चुनौती दिए पनि एन से यंगले लय हासिल गरेपछि लगातार अंक बटुलेर म्याच जितिन्। दक्षिण कोरियाई शट्लरको निम्ति यो साल यादगार रहेको छ। फाइनल अघि उनको २०२६-मा जीत-हारको रेकर्ड ६५-१ थियो। फ्रेञ्च ओपनमा खिताब जितेपछि उनको लगातार जीतको क्रम ५० वटा म्याचसम्म पुग्यो। सिन्धुको यो यस साल दोस्रो सुपर ७५० फाइनल थियो। यसअघि उनले जुलाईमा जापान ओपनको खिताब जितेकी थिइन्। त्यस टुर्नामेण्टको फाइनलमा सिन्धुले जापानकी ३ पल्टकी विश्व च्याम्पियन अकाने यामागुचीलाई पराजित गरेकी थिइन्। विश्व ऱ्याङकिंगमा ११औं स्थानमा रहने सिन्धुले पहिलोपल्ट फ्रेञ्च ओपनको महिला एकल फाइनलमा स्थान बनाएकी थिइन्। उनले सेमिफाइनलमा जापानकी हिना अकेचीलाई २१-१०, २०-२२, २१-१६-ले पराजित गरेकी थिइन्। टुर्नामेण्टको शुुरुवाती चरणमा सिन्धुले थाईल्याण्डकी सुपानिदा कातेथोंगविरुद्ध पनि कड़ा चुनौतीको सामना गर्नु परेकी थियो।

About Author

Advertisement