नयाँ दिल्ली: वर्तमान समयमा महँगाईले आकाश छुएको कुरा कसैसँग लुकेको छैन। यस्तो समयमा अझ एउटा कुराको दाम बढ़्ने सम्भावना रहेको छ। वास्तवमा एयरटेल, रिलायंस जियो र भीआई जस्ता टेलिकम सर्विस प्रोभाइडर कम्पनीहरूका प्लान्सको मूल्यमा बढ़ोत्तरी हुने सम्भावना रहेको छ। एउटा रिपोर्ट अनुसार, टेलिकम कम्पनीहरूले ५जी स्पेक्ट्रम खरीद गर्नु परे उनीहरूले एक लाख करोड़ रुपियाँदेखि १.१ लाख करोड़ रुपियाँसम्म खर्च गर्नु पर्नेछ। यसमा अधिकांश कम्पनीहरू अगावै ऋणमा डुबेको छ। यसैकारण उनीहरूले यस रकमलाई चुक्ता गर्न ऋण लिनु पर्ने सम्भावना छ। त्यस ऋणलाई चुक्ता गर्न टेलिकम कम्पनीहरूले प्लान्सको मूल्यहरूमा बढ़ोत्तरी गर्न सक्छ।
टेरिफ प्लान्समा कति हुनेछ बढ़ोत्तरी:
रिपोर्ट अनुसार, टेरिफ प्लान्सको मूल्यहरूमा वित्त वर्ष २०२२-२३ को बीचमा बढ़ोत्तरी हुनसक्छ। यो बढ़ोत्तरी २० प्रतिशतसम्म हुन सक्छ। यस्तो भए जून महिनापछि कुनै पनि समय टेरिफ प्लान्सको मूल्यमा बढ़ोत्तरी हुन सक्छ।
यूजर्स पर्नेछ मर्कामाः
टेलिकम इण्डस्ट्रीको निम्ति नेटवर्क र स्पेक्ट्रममा निवेश गर्नु ठूलो कुरा हुनेछ कारण यसको निम्ति उनीहरूले प्रति यूजर औसत रेभेन्यूलाई बढ़ाउनु पर्छ र यो जरूरी पनि भएको छ। वर्ष २०२१-२२ को कुरा गर्दा प्रति यूजर औसत राजस्व (एआरपीयू) मा बढ़ोत्तरी धीमा थियो। यसरी नै वर्ष २०२२-२३ को कुरा गर्दा यस अवधि टेरिफ प्लान्समा १५-देखि २० प्रतिशतसम्मको बढ़ोतरी हुने सम्भावना छ।
उल्लेखनीय छ, एयरटेल, रिलायंस जियो र भीआई ले ६ महिना अघि नै टेरिफ प्लान्सको मूल्य वृद्धि गरेको थियो। दिसम्बर २०२१ मा टेरिफ प्लानका मूल्यहरूमा २० -देखि २५ प्रतिशतको बढ़ोत्तरी गरिएको थियो।









