नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १२,८४७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोविड सङ्क्रमितको संख्या बढ़ेर अब ४,३२,७०,५७७ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ १४ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२४,८१७ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ७,९८५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,२६,८२,६९७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६४℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा ६३,०६३ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ५,१९,९०३ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८५,६९,१०,३५२ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १५,२७,३६५ जनाले कोरोना खोप लगाउनको साथ कुल १,९५,८४,०३,४७१ जनाले यो खोप लगाइसकेको छन्।










