फेडरेशन कपमा राष्ट्रिय रेकर्ड तोड़न सफल एथलीट अनिमेष कुजूर

IMG-20260523-WA0061

राँची: नेशनल सीनियर एथलेटिक्स फेडरेशन कप २०२६-मा पुरुषहरूका १०० मीटर दौड़मा इतिहास रचियो। राँचीको बिरसा मुण्डा स्टेडियममा गुरिन्दरवीर सिंह र अनिमेश कुजूरले केही मिनटको अन्तरालमा राष्ट्रिय रेकर्ड तोड़ेर भारतीय एथलेटिक्समा नयाँ अध्याय जोड़े। सबैभन्दा पहिला २५ वर्षीय गुरिन्दरवीरले पहिलो सेमिफाइनलमा १०.१७ सेकेण्डको समय निकालेर अनिमेष कुजूरको पुरानो १०.१८ सेकेण्डको राष्ट्रिय रेकर्ड तोड़े। त्यसको केही मिनटपछि २२ वर्षीय अनिमेषले अघिल्लो सेमिफाइनल हीटमा १०.१५ सेकेण्डको समयसहित रेकर्ड फेरि आफ्नो नाम गरे। अनिमेषले राष्ट्रिय रेकर्ड मात्र नतोड़ेर कमनवेल्थ गेम्सको निम्ति निर्धारित १०.१६ सेकेण्डको क्वालीफिकेशन मार्कलाई पनि पार गरे। यस्तो गर्ने उनी पहिलो भारतीय एथलीट बनेका छन्। फेडरेशन कप भारतको सबैभन्दा पुरानो एथलेटिक्स प्रतियोगिताहरूमा एक हो। यो प्रतियोगिता २३ जुलाईदेखि २ अगस्तसम्म स्कटल्याण्डको ग्लास्गोमा हुने कमनवेल्थ गेम्स २०२६-को चयन ट्रायलको निम्ति आयोजित गरिँदैछ। एथलेटिक्स फेडरेशन अफ इण्डिया (एएफआई)-ले सबै स्पर्धाहरूका निम्ति कड़ा क्वालीफिकेशन मानक तय गरेको छ। पुरुषहरूका १०० मीटर दौड़मा चयनको निम्ति राष्ट्रिय रेकर्ड तोड़नु लगभग अनिवार्य मानिएको थियो। महिलाहरूकी लंग जम्पमा एशियन गेम्सकी रजत पदक विजेता एसी सोजनले असाधारण प्रदर्शन गर्दै ६.७५ मीटरको जम्प लगाएर पहिलो स्थान हासिल गरिन्। यो उनको व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन पनि हो। शैली सिंह ६.५८ मीटरको साथ दोस्रो अनि भवानी यादव ६.३९ मीटरको साथ तेस्रो स्थानमा रहिन्। महिलाहरूकी डिस्कस थ्रो स्पर्धामा सीमाले ५७.२९ मीटरको थ्रो गरी स्वर्ण पदक आफ्नो नाम गरिन्। उनले कमनवेल्थ गेम्सको निम्ति तय ५६.८५ मीटरको क्वालीफिकेशन मार्क पनि पार गरिन्। निधि रानी ५५.०२ मीटरको साथ दोस्रो अनि कृष्णा जयशंकरले ५५.०० मीटरको साथ तेस्रो स्थान हासिल गरिन्।

About Author

Advertisement