दार्जिलिङ: दार्जिलिङ क्षेत्रकै ख्यातिप्राप्त फुटबल प्रतियोगिता दिवाली कप १५औं सस्करणको समापन विविध रगारग कार्यक्रमको साथमा आगामी ५ नोभेम्बरमा विविध रगारङ कार्यक्रमको साथमा हुनेछ। राइजिङ स्टार स्पोर्टिङ क्लब फेञ्चेटार रिम्बिकको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको समापन खेलको मुख्य आकर्षकमा ख्यातिप्राप्त गायक पुष्पन एंव सारथीको सांगीतिक प्रस्तुतिहरु रहने छ भने फाइनल खेल एके गान्तोक बनाम फ्युचर स्टार स्पोर्ट्स कल्ब जोरथाङ सिक्किममाझ हुनेछ।









