फुलबारीमा रक्तदान शिविरको आयोजना

1c040417-a888-4d8f-8675-641c909759c4-1024x576-1

सिलगढी:  फुलबारी १ नम्बर अञ्चल तृणमूल कङ्ग्रेस कमिटीले आज रक्तदान शिविरको आयोजना गऱ्यो। रगतको सङ्कट दूर गर्ने उद्देश्य लिएर आयोजना गरिएको हो। अम्बिकानगर पार्टी कार्यालयमा आयोजना गरेको शिविरमा तृणमूल कङ्ग्रेसको डाबग्राम-फुलबारी ब्लक सभानेत्री सुधा सिंह च्याटर्जी, मोहम्मद आहीद, सुकात कर, सम्पा नन्दी, किशोर मण्डल लगायत पार्टीका अन्य नेतृत्वहरू उपस्थित थिए। रगतको कमी दूर गर्ने उद्देश्यले उक्त शिविरको आयोजना गरेको डाक्टरहरूले बताए। शिविरमा सङ्ग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ।

About Author

Advertisement